STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कमलपोखरीको निर्माण रोक्न मेयर शाक्यलाई गगन थापाको पत्र

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २९, बुधबार

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् ।

कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेखेका हुन् ।

२०७६ सालदेखि निर्माण सुरु भएको कमलपोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल स्वरूप २०७६ असारबाट पोखरी निर्माणको काम सुरु गरेको थियो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ । त्यसै कार्यको स्थानीय जनप्रतिनिधिले समेत विरोध गरेका हुन् ।

Categorized in उपत्यका