relans
ni new 83
nib 2082 5

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २२, सोमबार

पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ ।

 ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण तिलौराकोट क्षेत्रको उत्खनन्पछि त्यहाँ पाइएका सामग्रीका आधारमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरुप प्राप्त प्रमाणसहित दस्तावेजको मस्यौदा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० मा पेस गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । गत साता पेस गरिएको दस्तावेजको मस्यौदा अध्ययन गरी युनेस्कोले सच्याएर पठाउन सुझाव दिने उहाँले बताउनुभयो ।
 युनेस्कोको सुझावका आधारमा अन्तिम दस्तावेज आगामी माघमा पेस गर्नेगरी विभागले तयारी गरेको छ । नेपालका यसअघि सांस्कृतिक दुई र प्राकृतिक सम्पदा दुई गरी चार सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन् । सांस्कृतिक सम्पदामा काठमाडौँ उपत्यका र लुम्बिनी विश्वसम्पदा सूचीमा परेका हुन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै सहरका सांस्कृतिक सम्पदालाई एउटै हुनेगरी युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको प्रवक्ता कुँवरले जानकारी दिनुभयो । प्राकृतिकमा सगरमाथा क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएका छन् । तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएमा सांस्कृतिकबाट तेस्रो सम्पदा हुने विभागले जनाएको छ ।

Categorized in राष्ट्रिय
ppp 2