relans
ni new 83
nib 2082 5

कतारका महामहिम राजदुत ढकालसंग संसार्स अनलाइनको विशेष भेट

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २१, मंगलबार

अनलाइन क्षेत्रमा सकृय संसार अनलाइन ग्रुपका जनरल म्यानेजर तथा रिपोर्टर विरबल रोका क्षेत्रीले कतारका लागि नेपाली  राजदूत महामहिम डा.नरेश विक्रम ढकाल संग एक  विशेष भेटवार्ता सम्पन्न गरेको छ । यसै क्रममा  महामहिम राजदुत डा. नरेश विक्रम ढकालले , "म भ्रष्टाचार गर्दिन। म भ्रष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” भनेर भन्नु भएको छ । उहाँले आफु  कुनै राजनैतिक दलहरुसंग संलग्न नभएको  एउटा विशुद्ध समाजसेवी, प्रधानाध्यापक र कानुन ब्यवसायी भएको दावी गर्नु हुँदै आफू  पेशागत रुपमा म शिक्षक भएको र आफूलाई शैक्षिक पेशा नै सर्वोत्कृष्ट लाग्छ भनेर भन्नु भयो।

  उहाँ ले  आफूलाई झुठो बोल्न नआउने र भ्रष्टाचारी को घोर बिरोधी भनेर भन्नु भयाे र उहाँले,"यदि मैले जीवनमा पैसाको मुख हेरेको भए मैले LLB गरेको छु। म कानुन ब्यवसायी भएर झुठो लाई साँचो र साँचो लाई झुठो बनाएर पैसा कमाउँथे होला तर मलाई बेमानी गरेर जिउनु छैन। म सत्यको बाटोमा हिड्ने बटुवा हो । गलत काम र गलत बाटोमा कदापि लाग्दिन। म एउटा निम्न परिवारमा  हुर्केको किसानको छोरा हुँ।मेरा मातापिताले साँचो बोलेर दुश्मनी मोल्नु भयो तर झुठो बोलेर कहिले मित्रता गास्नु भएन। समाज,क्षेत्र र देश प्रति मैले दिएको योगदानलाई मध्य नजर गरेर नेपाल रास्ट्रले मलाई अहिले दिएको जिम्मेवारी (राजदुत)नेपाली राजदुतावास दोहा,कतार। यो गरिमामय पदको उच्च सम्मानका साथ मैले मेरो कार्यलाई निस्वार्थ र निष्पक्ष ढंगले अगाडि बढाई रहने छु। 

नेपाली राजदुतावास दोहा,कतार ले दिने सेवा सुविधाहरुमा आबद्ध सम्पुर्ण कर्मचारीको योगदान कदर दायिक रहेको  छ। मेरो कार्यकालमा  कतार र नेपाल बीचको समन्धलाई अझै बलियो बनाउने छु। मेरो कार्यकालमा कतारमा रहनु हुने श्रमिक नेपाली दाजुभाई-दिदीबहिनीहरुको नेपाली राजदुतावास सम्बन्धित कार्यहरु निस्वार्थ र निष्पक्ष ढंगले सुल्झाउने अर्थात पुरा गर्ने छु।मेरो आनि बानी को कुरा गर्नु पर्दा म सरल र सोझो ब्याक्ती हुँ । तर म नातावाद, कृपावाद, पार्टीवाद र लालचवाद जस्ता तुच्छ किसिमको व्यक्ती लाई घिर्ना गर्छु तेस्तो व्यक्ती हरु देखी म टाढा बस्छु। ” भनेर आफ्नो दृढता पनि पोख्नु भयाे ।

Categorized in साहित्य-कला
ppp 2