STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कतारका अमिरको नेपाल भ्रमण, मंगलबार सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १०, सोमबार

काठमाडौं - सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् ।

कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (मंगलबार) नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि ८० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् ।

खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो । 

Categorized in राष्ट्रिय