STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो । जुन महिनाका लागि प्रति ब्यारेल ७५।३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो । डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६।१६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो ।
Categorized in अन्तर्राष्ट्रिय