STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

काठमाडौं- यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० सालको वैशाख दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै परीक्षा २०८० को वैशाख दोस्रो हप्ताबाट र नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने जनाएको छ ।

कक्षा १२ को ग्रेड बृद्धि (पुरक) परीक्षा भने कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्रमा हुनेछ । त्यसको नतिजा परीक्षा सकिएको ४५ दिनभित्रमा प्रकाशन हुने बोर्डले जनाएको छ । त्यस्तै कक्षा ११ को आंशिक/ग्रेड बृद्धि परीक्षा २०८० को परीक्षा वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ । विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८० को वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन गर्नुपर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ ।

फागुन १५ गतेभित्र कक्षा १२ मा अध्ययनरत विद्यार्थीले यहि वर्षको पुष १ गतेदेखि सम्बन्धित विद्यालयमा परीक्षा आवेदन फारम भर्नुपर्नेछ । २०८० सालको वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ को वार्षिक तथा कक्षा ११ को (आंशिक/ग्रेड बृद्धि) परीक्षाको परीक्षा केन्द्र २०७९ को फागुन मसान्तभित्र निर्धारण गरिनेछ ।

Categorized in शिक्षा