STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

ओ ! सासुजी नामक प्रिमियम सिरिज भाद्र २१ गते शुक्रबारबाट आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र २१, शुक्रबार

हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज "ओ सासुजी” अब टेलिभिजनमा प्रसारण हुने भएको छ । सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।

ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने कुरा निर्देशक समिर जोशीले जानकारी दिनुभयो । बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्देशक समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ । 

बिना जोशी निर्मात्री रहेको उक्त सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित रहेको छ । सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासुलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा रहेको उक्त प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ । सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि रहेको छ । उक्त प्रिमियम सिरिज ओ ! सासुजीको छायाकंन जीवन श्रेष्ठ गर्नुभएको छ भने सम्पादन सुनिल श्रेष्ठ र संगीत विरेन शाक्यको रहेको छ । त्यस्तै ग्राफिक्स दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशक प्रबल प्रधान रहेको छ ।

यो सिरिजको निर्माण नियन्त्रक साङ्गे शेर्पा हुनुहुन्छ । विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम सिरिज ओ ! सासुजीमा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल, चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत हुनुहुन्छ । नायीकाद्वय संगम शर्मा र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दामा पदार्पण गरेका छन् ।

Categorized in साहित्य-कला