STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीविनै नेकपाकाे स्थायी कमिटी बैठक सकियो

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २१, आइतबार

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो ।

आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले पत्र पठाएका थिए । उनको पत्र पार्टी सचिवालय सदस्य इश्वर पोखरेलले पढेर सुनाएका थिए ।

आगामी स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले केन्द्रीय समिति बैठक ५ पुसमा बस्नेसमेत जानकारी दिए । यसअघि केन्द्रीय समिति बैठक २५ मंसिरमा बोलाइएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्ब‍राहीमा सुरु भएको छ। धुम्ब‍राहीमा कडा सुरक्षाका साथ बैठक सुरु भएको हो। बैठक प्रारम्भ हुँदासम्म प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली उपस्थित भएका छैनन् ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी मुख्यालयमा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । बैठकमा यसअघि सचिवालय बैठकमा कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पेश हुने तयारी छ ।

ढिला गरि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेका दस्तावेज अध्ययनका लागि दिने कार्यसूची अनुसार आजको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि बैठक कसरी सञ्चालन हुन्छ भनेर सहजै अनुमान भने गर्न सकिएको छैन । 

 

Categorized in राजनीति