STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीको बैठकमा सहभागिताबारे निर्णय गर्न झलनाथ-माधव पक्षकाे बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १७, बिहिबार

पार्टी अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुने निर्णय गर्न एमाले झलनाथ-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता युवराज ज्ञवालीका अनुसार सोही बैठकले भोलि के गर्ने भन्ने निर्णय लिने छ । अध्यक्ष ओलीले भोलि बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका छन् ।

त्यसअघि बुधबार उनले महाधिवेशन आयोजक कमिटी भंग गरी स्थायी कमिटीमा आठ जनालाई मनोनयन गरेका छन् । स्थायी कमिटीमा सदस्य थप गरिएको विषयमा माधव नेपाल पक्ष सन्तुष्ट छैन । ओलीको चालबाजी हुनसक्ने आशंका गरिरहेको असन्तुष्ट पक्षले प्याकेजमै सहमति खोजिरहेको छ । 

Categorized in राजनीति