STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीको निर्णय अवैध भन्दै निर्वाचन आयाेगलाई माधव नेपाल समूहको पत्र

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १, आइतबार

काठमाडौं - पदाधिकारी खारेज गर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई वैधता नदिन भन्दै माधव नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र लेखेको छ ।

झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत ११ जनाले हस्ताक्षर गरेको पत्र आयोगमा पठाएको हो ।

आइतबार नेपाल समूहले अध्यक्ष ओलीले एकलौटी बैठक राखेर एक पक्षीय ढंगबाट पार्टीका नेताहरुको जिम्मेवारी हेरफेरको निर्णय गरेकाले त्यसलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई पत्र पठाएको हो ।  

नेपाल समूहले आफूहरु नवौं महाधिवेशनबाट पार्टीका निर्वाचित पदाधिकारी र सदस्य भएको पनि निर्वाचन आयोगलाई स्मरण गराएको छ ।

‘२०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको  विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्यहरू हौं । सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम दश प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकाले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन । विधानको धारा १४ अनुसार पदाधिकारीहरूको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ,’ नेपाल समूहले निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख छ ।

नेपाल समूहले अध्यक्ष ओली निर्वाचवन आयोगमा विवरण सच्याउन आए कार्यान्वयन नगर्न पनि आयोगलाई भनेको छ ।

Categorized in राजनीति