STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ४, बिहिबार

काठमाडौं- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । कार्यालयले  गत साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी थिए ।

ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए इकाईको सिफारिसमा छ महिना भित्र कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।

Categorized in शिक्षा