STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसइईकाे नतिजा सार्वजनिक, ९ हजार बढीकाे ४ जिपिए

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ११, बुधबार

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार नौ हजार ६३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। 

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० रहेका छन्।

वेब साइट

www.see.gov.np 

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np 

www.admissionnepal.com

Categorized in शिक्षा