STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एलन मस्कको बहुचर्चित अन्तरिक्ष यान उडेको केही मिनेटमै विस्फोट

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ८, शुक्रबार

एजेन्सी - अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको बहुचर्चित नयाँ अन्तरिक्ष यान स्टारशिप विस्फोट भएको छ ।

अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फोट भएको हो ।

सामाजिक सञ्जाल ट्विटरका मालिक समेत रहेको मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटभित्रै विस्फोट भएको हो ।

स्थानीय समयअनुसार बिहीबार बिहान अमेरिकाको दक्षिणी टेक्ससस्थित पूर्वी तटीय क्षेत्रबाट उक्त अन्तरिक्ष विमान प्रक्षेपण गरिएको थियो । तर प्रक्षेपणको ४ मिनेटभित्रै यसको भीमकाय रकेट विस्फोट भएको थियो ।

यो यान अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो ।

एलन मस्कको यो महात्त्वाकांक्षी परियोजना थियो । मानवरहित अन्तरिक्ष यान भएकाले यसबाट कुनै मानवीय क्षति भने हुन पाएन ।

मस्कले ट्विट गर्दै केही महिनाभित्रै अर्को प्रयास गर्ने जानकारी दिएका छन् । रोमाञ्चक पहिलो परीक्षण प्रक्षेपणका लागि स्पेस एक्स टिमलाई बधाई भन्दै मस्कले अर्को प्रक्षेपणका लागि थुप्रै कुरा सिकिएको बताएका छन् ।

स्पेस एक्स अन्तरिक्ष यान करिब ३९ किलोमिटरको उँचाइसम्म पुगेर विस्फोट भएको थियो ।

Categorized in विज्ञान-प्रविधि