STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एरोन महर्जनको “यः मां...” म्यूजिक भिडियो नयाँ वर्षको अवसरमा प्रिमियर हुने

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र २४, मंगलबार

आफूलाई जन्म दिने ममतामयी आफ्नी आमाप्रति समर्पित आफ्नो जन्मको लागि सास्ती खाई पेटमा राखी, दुखेको घाऊ सहेर धरतीमा पाईला टेकाउन कति पीडाका साथ स्याहार सुसार गरियो, त्यसको गुनगाण भावुक बच्चाले कारुणिक भावनात्मक रुपमा आफ्नी भगवान सरहकी आमासामू प्रार्थनारुपी भावना पाखेको  ‘सास्ती नयाः प्वाथय् तयाः, स्याःगु घाः सहयानाः, पलाः तयेकल, मिखां खंकल, थ्व धरती जितः...यः मां...यः मां...यः मां...’ गीतको म्यूजिक भिडियो छायांकन शनिबार सम्पन्न भएको छ ।

उक्त गीत कीर्तिपुर–९ बादेय् गाउँका बालगायक एरोन महर्जनले गाएका हुन् भने गीत रचना एवं संगीत कीर्तिपुर–२ देवढोका निवासी भुवन महर्जनको रहेको छ । 

त्यस्तै उक्त गीतको संगीत संयोजन कीर्तिपुर–९ कै युवा पुस्ताका संगीतकर्मी प्रिन्स नेपालीले गरेको छ भने गीतमा चर्चित फ्युजन ब्याण्ड  कुटुम्बका संगीतर्कीहरुको बाद्यवादन रहेको छ । 

उक्त गीतको म्यूजिक भिडियो नयाँ वर्ष २०७८ को उपलक्ष्य प्रिमियर शो गरी सार्वजनिक गरिने जानकारी बालगायक एरोन महर्जनका अभिभावक बुबा जनक महर्जन एवं आमा राज्यलक्ष्मी महर्जनले दिनुभएको छ ।

हालका सर्टमूमि निर्माणमा चर्चित युवापुस्ताका निर्देशक एवं सम्पादक योवन शाक्यको निर्देशन तथा सम्पादनमा एवं रक्की महर्जनको छायांकनमा निर्माण भएको ‘यः मां...’ गीतको म्यूजिक भिडियोमा मूख्य कलाकारको रुपमा स्वयं बालगायक एरोन महर्जन तथा चर्चित कलाकार सरीता बज्राचार्य, किपाः श्रेष्ठ एवं तीन वर्षकी बालकलाकार सदीक्षा बज्राचार्यको पनि मूख्य भूमिका रहेको छ ।

निर्देशक तथा सम्पादक योवन शाक्यका अनुसार यस गीतको म्यूजिक भिडियो पृथक रुपमा निर्माण भएको छ र हालसम्म रिलिज भएको नेपाल भाषाका म्यूजिक भिडियोहरु भन्दा बेग्लै स्वादको हुने जानकारी पनि निर्देशक सम्पादक शाक्यले दिनुभएको छ । त्यस्तै नेपालभाषा संगीत क्षेत्रमा नौलो स्वादको संगीत संयोजन यस गीतमा रहेको छ भने गीत स्तरीय क्वालिटीमा रिलिज भएको छ । सायद यस गीतको संगीत संयोजनले हालका संगीत संयोजकहरुलाई चुनौती पनि दिएको आभास हुनआउँछ र अबका नेपालभाषा गीत संगीत क्षेत्रमा यस गीतले नौलो आयाम थप गरिने आशा पनि लिएको छ । प्रतिभावान् बालगायक एरोन महर्जनको यो पहिलो गीत हो । पहिलो गीतमै उत्कृष्ठ स्वर दिएको उक्त गीतका संगीत संयोजक एवं रिकर्डिष्ट प्रिन्स   नेपाली बताउँनु हुन्छ । प्रिन्सका अनुसार नवोदित प्रतिभावान् बालगायक एरोन महर्जनको सांगितिक यात्रा उज्ज्वल देखिन्छ यदि निरन्तरता दिइएको खण्डमा ।  

कीर्तिपुर १ वडास्थित हिलटाउन स्कूलमा कक्षा ५ सम्म अध्ययन गरी लकडाउन पश्चात् आइडियल मोडल स्कूलमा कक्षा ६ मा अध्ययन गरिरहेका ११ वर्षीय एरोन महर्जन हिलटाउन स्कूलको विभिन्न प्रतियोगितात्मक सांगितिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीको रुपमा चीरपरिचित  विद्यार्थी हुन् । एरोनको गीत रिलिजपछि एरोनको सांगितिक भविष्यवाणी तय हुन्छ, हेरौं ।

Categorized in साहित्य-कला