relans
ni new 83
nib 2082 5

'एम अधिकारी भनेकाे गभर्नर महाप्रसाद अधिकारी हाेइन' : एमाले

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३०, बिहिबार

काठमाडौं - नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ ।

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न भनेपछि एमालेकाे केन्द्रीय कार्यालयले भन्याे, 'एम अधिकारी तपाई हाेइन ।'

एमालेले भनेको छ, ‘तसर्थ विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाई राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको ब्यहोरा स्पष्ट गर्दछु ।’

विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समेत उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएको उल्लेख गर्दै एमालेकाे केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।तर एमालेले एम अधिकारी को हो ? भन्नेबारेमा भने प्रष्ट पारेकाे छैन। 

एमालेकाे प्रस्टीकरण , 'एम अधिकारी भनेकाे गभर्नर महाप्रसाद अधिकारी हाेइन'

Categorized in राजनीति
ppp 2