STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चोभारमा सम्पन्न

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र १६, सोमबार


फुटसल पछि एम्स टिमको दोस्रो प्रस्तुति भोटेखोला र्‌याफ्टिङ

एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चैत्र १४ गते शनिवार चोभारको मञ्जुश्री पार्कमा सम्पन्न भएको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्यालिजुजु (हाँस्य सम्राट) मदनकृष्ण श्रेष्ठ एवं ‘फेरि भेटौंला’ र ‘बेहुली’ चलचित्रका बरिष्ठ नायक प्रकाश अधिकारी विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

आयोजक एम्सका अध्यक्ष सुरेन्द्र महर्जन तापाख्यःमिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एम्सका सचिव राजेन्द्रकुमार राजी महर्जनले स्वागत गर्नुभएको थियो । गत फागुन २९ गते शनिबार चन्द्रागिरी नगरपालिकास्थित मच्छेगाउँको मत्स्य रिक्रियशन सेन्टरमा सम्पन्न भएको एम्स आर्टिष्ट फुटसलका उत्कृष्ट फुटसल कलाकार टिमहरुलाई प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, विशेष अतिथि हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ एवं बरिष्ठ नायक प्रकाश अधिकारीद्वारा उत्कृष्ट फुटसल कलाकार टिमलाई उक्त पिकनिकमा ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरी खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा आयोजक संस्था एम्सले फुटसल पछि नौलो एम्स टिमको दोस्रो प्रस्तुतिको रुपमा भोटेखोला ¥याफटिङ हुने घोषणा अध्यक्ष सुरेन्द्र महर्जन तापाख्यःमिले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कलाकारको रुपमा चर्चित भेट्रान गायकद्वय भीम तुलाधर तथा वविन प्रधानको उपस्थिति रहेको थियो । यस्तै गायक गायिकाहरु सुरज व्यञ्जनकार, गंगा महर्जन, नेवाः रकस्टार ज्याक महर्जन, राजेन्द्र शाक्य, किरण शाक्य, लक्ष्मी महर्जन, सरस्वती मानन्धर, एरोन महर्जन तथा अन्य थुप्रै कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।

Categorized in साहित्य-कला