STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले कार्यदल बैठक स्थगित, साँझ फेरि बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २४, बिहिबार

काठमाडौँ - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ ।

केही समय ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आन्तरिक गृहकार्य गर्नका लागि समयको आवश्यकता परेको र बिहीबार साँझ पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

‘विभिन्न आन्तरिक गृहकार्यको तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर स्थगित गरेका हौँ । आज साँझ ७ बजे फेरि बैठक बस्नेछौँ’ उनले भने ।

कार्यदलको छलफल निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेपछि बुधबार साँझ नक्सालस्थित होटेल मेरियटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

आजको बैठक बस्नुअघि ओलीपक्षका कार्यदल सदस्य विष्णु पौडेल र नेपालपक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा वार्ता भएको थियो । त्यसपछि नेता रावल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

Categorized in राजनीति