STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३२, बिहिबार

काठमाडौं - नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् ।

लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।

Categorized in सिनेमा