STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसिसी पारितविरूदेध छ साना दलकाे खुल्लामञ्चमा विराेधसभा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २०, शुक्रबार

काठमाडौँ - अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्‍याली समेत निकालेका थिए ।

एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् ।

उनीहरुले बुधबार नै एक संयुक्त विज्ञप्ति जारी गरेर एमसीसी सम्झौताविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । जस अनुसार आज फागुत २० गते काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्ने, फागुन २४ गते विरोध प्रदर्शन र सभा तथा फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन तथा सभा गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा, फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा, चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेकाे छ ।

Categorized in राजनीति