STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन एबियू को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । 
एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेश’ शिर्षकको सो कायक्रम विसं २०७२ को महाभूकम्प गएको दिनको सन्दर्भमा आगामी वैशाख १२ र १३ गते दरबारमार्गस्थित ¥याडिसन होटलमा आयोजना हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यसअघि सो सम्मेलन इण्डोनेशिया, थाइल्याण्ड, बङ्गलादेश र फिजी लगायत मुलुकमा आयोजना गरिएको थियो । सो कार्यक्रममा करीब ८० जना विदेशी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत नेपाल सरकारका सम्बन्धीत निकाय र सरोकार राख्ने सङ्घ÷संस्थाका प्रतिनिधिसहित करीब २०० जनाको सहभागिता रहनेछ । कार्यक्रममा जलवायु परिवर्तन, प्रकोप तयारीमा सञ्चारको भूमिका लगायत १४ सत्रहरु सञ्चालन गरिने छ । 
Categorized in राष्ट्रिय