STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल यात्रा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १४, बिहिबार

चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल यात्रामा जाने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै यात्रा सुरु गर्न लागिएको कुरा अवार्ड आयोजक संस्थाका महाप्रबन्धक हरि कार्की लक्कीले बताएका छन् । 

मोफसल यात्रा मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने कुरा उनले बताए । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको कुराको जानकारी दिंदै उनले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन  गरिरहेको बताए । मोफसल यात्राको उद्देश्य भनेको सुझाव संकलन गर्ने  पनि हो भनि उनले भने । र यसका साथै चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान रहेको कुरा उनले बताए । उनका अनुसार पहिलो चरणको मोफसल यात्रा मौलाकालिकादेखि बाग्लुङ कालिकासम्मको हुनेछ । कुरिनटार, दमौली, बन्दीपुर, पोखरा लगायतका क्षेत्रमा यात्रा हुने र चितवनमा फिल्मी जमघट बढाउन यो यात्राले सघाउने बताए । 

३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी भईरहेको यस अवार्ड का आयोजक संस्था लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय रहेको संस् हो ।

Categorized in साहित्य-कला