एक सय ६७ वर्ष पुरानो शिलालेख भेटियो
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ५, शुक्रबार
चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।
करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताउनुभयो । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिनुभयो । पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुङ्गाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गर्ने नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
Categorized in उपत्यका