एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १, मंगलबार
काठमाडौँ - आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ ।
प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ सम्म दरखास्त दिनेगरी एक लाख म्यादी प्रहरीको भर्ना खोलेको हो ।
४० दिनको अवधि रहने म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको व्यक्तिले म्यादी आवेदन दिन सक्ने छ ।
यो अवधिमा एक म्यादी प्रहरीले जिम्मेवारी पूरा गरेवापत् करिब ४४ हजार रुपैयाँ पाउने छ ।


