एक करोड बढीको भारतीय रुपैयाँ समातियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं – नेपाल ल्याउँदै गरेको करोडभन्दा बढीको भारतीय रुपैयाँ समातिएको छ ।
विराटनगरको एकीकृत जाँच चौकीमा प्रहरीले १ करोड ९ लाख ८९ हजार ५३० भारतीय रुपैँयाँ बरामद गरेको छ ।
भारतमा नेपाल आइरहेको खाली ट्रकमा ती रुपैयाँ लुकाइएको थियो । प्रहरीले ट्रक चालकसहित २जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।
Categorized in अपराध-दुर्घटना