relans
ni new 83
nib 2082 5

एकै दिन ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

काठमाडौं - मंगलबार एकै दिन तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएका छन् । योसँगै संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको छ।  प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। मन्त्रालयका अनुसार मंगलबार ११७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ। अहिलेसम्म नेपालमा एक लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ भने २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ ।  
Categorized in राष्ट्रिय
ppp 2