STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १३, बुधबार

काठमाडौं उपत्यकाको तीनवटै शहरको दरबार क्षेत्रमा एकै दिन एकै समयमा पञ्चाभिषेक रुद्रि पाठ कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार राजोपाध्याय समाजले काठमाडौं उपत्यकाको तीनवटै शहरको दरबार क्षेत्रको शिवालयमा रुद्रि पाठको आयोजना गरेको हो । समाजले कोरोना महामारीबाट मुक्ति साथै देश र जनताको सुस्वास्थ्यको कामना गर्दै पञ्चाभिषेक रुद्रि कार्यक्रमको आयोजना गरेको हो ।

कोरोना महामारीको अवस्था र लकडाउन पनि जारी रहेको अवस्थामा निकै साधारण ढङ्गले भीडभाड नगरी रुद्रि कार्यक्रमको आयोजना गरेको पनि अध्यक्ष संजय शर्मा राजोपाध्यायले जानकारी गराउनुभयो ।

पञ्चाभिषेक रुद्रि कार्यक्रममा प्रत्येक जिल्लामा पाँच/पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुले वेद पाठ गरेका थिए । सो क्रममा भक्तपुरमा बालमधर शर्मा राजोपाध्याय, राजन राजोपाध्याय, अन्जन राजोपाध्याय, सरोजन राजोपाध्याय र प्रमोद राजोपाध्यायले वेद पाठ गरेका थिए ।  त्यसैगरी ललितपुरमा अमरराज राजोपाध्याय, गजानन्द राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, विष्णुचन्दन राजोपाध्याय र रविन्द्र धर शर्माले रुद्रि पाठ गर्नुभयो ।  काठमाडौंमा कविन्द्र शेखर रिमाल, किशोर शर्मा राजोपाध्याय, राजीव राजोपाध्याय, श्रिमणी राजोपाध्याय र आभाष राजोपाध्यायले वेद पाठ गरेका थिए ।

महादेवलाई विभिन्न वस्तुले अभिषेक गराउँदा विभिन्न फल प्राप्त हुने विश्वास रहेको छ । कुश राखेर जलले महादेवको अभिषेक गराउँदा रोग नाश हुने धार्मिक विश्वास छ । त्यस्तै शख्खरबाट गरिने रुद्रिले मानसिक रोगको समस्या निराकरण हुने, घ्यूको रुद्रिले हरेक प्रकारको रोगबाट मुक्ति पाइने विश्वास समाजमा रहिआएको छ । यस पञ्चाभिषेक रुद्रि कार्यक्रमलाई प्रत्येक महिनाको एक पटक गरी एक वर्षसम्म सञ्चालन गर्ने समाजले जनाएको छ । प्रत्येक महिना शिवबास हेरी शुभ दिनमा रुद्रि कार्यक्रम गर्ने समाजका अध्यक्ष संजय शर्माले बताए ।

Categorized in उपत्यका