STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन ८१५ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २६, बिहिबार

काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८६९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण ५ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम