relans
ni new 83
nib 2082 5

एकैदिन हजारबढी संक्रमित थपिए

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४० हजार ५ सय २९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका ‍४८१ जना नयाँ  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएअनुसार कुल संक्रमितमध्ये हाल १८ हजार १ सय १२ वटा सक्रिय केशहरु छन् ।  आजै मात्र ७ सय ६८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या २२ हजार १ सय ७८ पुगेको छ । यसैगरी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।  योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।
Categorized in राष्ट्रिय
ppp 2