STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म हुने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १९, मंगलबार

काठमाडौं - नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ। यसअघि माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मिति जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको हो। 

एकीकृत समाजवादीको सोमबार र मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो।

पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन्।

Categorized in राजनीति