STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरु

Janjati Khabar – Janjati Khabar | २०८० माघ १४, आइतबार

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ ।

आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो  । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।  

दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ । 

Categorized in राजनीति