STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २८, शनिबार

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठकको निर्णयमा ‘‘२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको  'पहिलो हुने निर्वाचित हुने' निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने’’ उल्लेख  छ ।

यसैगरी, निर्वाचनका लागि दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।बैठकले निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देशन गर्ने र निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ २ गतेदेखि गर्ने निर्णयलाई परिमार्जन गर्दै भदौ १० देखि १४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सिट बाँडफाँडकाे विषयमा भने कांग्रेसले धारणा तय गर्न सकेन । याे विषयमा पुनः छलफल हुने नेताहरूले बताएका छन्  ।

Categorized in राजनीति