STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपन्यासकार निलम कार्की निहारिकालाई गंकी धुस्वां–बसुन्धरा पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १७, शनिबार

नेपालभाषाका पहिलो उपन्यासकार धुँस्वा सायमि को स्मृति मा स्थापित गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानले  यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ । 

गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मिको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । 

नेपालभाषाका उपन्याससम्राट धुस्वां साय्मि र उहाँकी श्रीमति बसुन्धरा मानन्धरको नामबाट स्थापित उक्त पुरस्कार नेपालका विविध भाषाका उपन्यासकारहरूलाई प्रदान गरिने गरिन्छ । साथै धुस्वां साय्मि सिर्जना पुरस्कार संगीत र कला क्षेत्रका श्रष्टाहरूलाई प्रदान गरिंदै आएको छ । दुबै पुरस्कारको राशी जनही रु ५०,००० (पचास हजार मात्र) र ताम्रपत्र सहितको रहेको छ । 

दुबै पुरस्कारको लागि दुई वटा सिफारिस समिति गठन गरिएको थियो भने जसमध्ये  गंकी धुस्वां बसुन्धरा पुरस्कारको लागि सात्यिकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवयित्री प्रतिसरा साय्मि सदस्य रहेको समिति र धुस्वां साय्मि सिर्जना पुरस्कारको लागि वरिष्ठ कलाकार हरिप्रसाद वैद्यको संयोजकत्वमा युवा कवि सुरेश किरण मानन्धर व कवयित्री प्रतिसरा साय्मि सदस्य रहनु भएको छनोट समिति गठन गरिएको थियो । 

प्रत्येक दुइ वर्षमा एकचोटी प्रदान गरिने दुबै पुरस्कारमध्ये गंकी धुस्वां–बसुन्धरा पुरस्कार नेपालभाषा, खस नेपाली र नेपालका विविध भाषाका उपन्यासकारहरूलाई पालै पालो प्रदान गरिंदै आएको छ । यस वर्ष सो पुरस्कार खस नेपाली विधामा दिइने पालो अनुसार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको  भएको हो भने

उक्त दुबै पुरस्कार यही आउँदो माघ १ गतेका दिन एक समारोहका वीच प्रदान गरिने कार्यक्रम रहेको छ ।

Categorized in साहित्य-कला