STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा २१६ सहित थप ६३४ जना संक्रमित, मृतकको संख्या १४६ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ६, शनिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा २१६ सहित देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार जनाएअनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्म पछिल्लाे २४ घण्टामा ९ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।
Categorized in राष्ट्रिय