STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १८, आइतबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौंका १३७३ , भक्तपुरका ३९  र ललितपुरका  १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार काठमाडौंका ५५ वर्षीय पुरुष र ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। यो सहित संक्रमितको संख्या ८६ हजार ८२६ पुगेको छ।

आइतबार मात्रै उपत्यकाका २ सहित ७ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ। 

Categorized in उपत्यका