STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा नगरपालिका फोरमले कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो पार्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार

विजयरत्न असंबरे


काठमाडाैं – उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको छ भने बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ भन्नु हुँदै यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने कुरा बताउनु भएको छ । मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको जानकारी दिनुभयो र यसमा थप छलफल गरी निर्णयमा पुग्न सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी दिनुभयो । नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले यसबारे थप जानकारी दिने क्रममा उपत्यका भित्र तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताउनुभयो । उहाँले पनि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी दिनुभयो । उहाँले उपत्यकाका सबै ‘हटस्पट’मा कन्ट्राक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रुपमा अघि बढाउने पनि जानकारी दिनुभयो । फोरमका पदाधिकारीको बैठक अघि विज्ञहरुसँग पनि उहाँहरुले छलफल गर्नुभएको थियो । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकासाथै जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो । यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको थियो । त्यसैगरी बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग माग गरेको थियो ।
Categorized in उपत्यका