STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा कोरोना जोखिम बढ्दै • एकैदिन १६ सय ३८ जनामा संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १६, शुक्रबार

काठमाडौं – निषेधाज्ञा हटेसँगै उपत्यकामा कोरोना संक्रमणकाे जोखिम दिनानुदिन बढिरहेकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौंका १ हजार २८० , भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएको छ।

यसैगरी उपत्यकामा एकैदिन ५  जनाको मृत्यु भएकाे छ । काठमाडौंमा ६७ वर्षीया महिला, भक्तपुरमा ६१ र ५१ वर्षीया महिला र ललितपुरमा ३२ र ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२१ हजार २३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ७६० जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ७३९ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३ हजार ३०७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।

आइसीयूमा २१० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५२० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै उपत्यकाका ५ सहित ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Categorized in उपत्यका