STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाको निषेधाज्ञा सम्बन्धमा भोलि बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १३, आइतबार

काठमाडौमा जारी निषेधाज्ञाको सम्बन्धमा निर्णय गर्न भोलि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ ।

उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले उपत्यकामा लागु हुने गरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने पनि पराजुलीले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरू नियमित खोल्नुपर्ने लगायतका सुझाव दिएको उल्लेख गर्दै पराजुलीले तीन वटै जिल्लाको वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको बताए ।

उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । निषेधाज्ञा पूरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझाव आएको पनि उनले बताए ।

Categorized in उपत्यका