STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उदेश श्रेष्ठको नयाँ गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ३१, मंगलबार

नेपालको गीतसंगीतको क्षेत्रका लोकप्रिय गायक उदेश श्रेष्ठको एउटा नयाँ गीत मलाइ तिमी मन पर्यो  सोमबार एक कार्यक्रममा सार्वजनिक गरेका छन् । क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठले नै अभिनय गरेका छन् । सार्वजनिक गरिएको गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्द अर्जुन पासवानको रहेको छ । 

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थिति रहेको थियो भने  विशिष्ट अतिथिको रुपमा काठमाण्डौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली उपस्थित थिए ।  

यस्तै कार्यक्रममा संगीतकार तथा गायक जेम्स प्रधान, राहुल प्रधान, शिव परियार लगायतको उपस्थिति रहेको थियो ।  उदेश्य   नामक  गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे ।  यस्तै कार्यक्रममा उदेशले गायक प्रेमध्वजको लोकप्रिय गीतहरु गाएर सुनाएका थिए ।  उनले लाइभ ब्याण्डसंग तारा मात्र होइन तिमीलाई , घुम्तीमा न आउ है , तारा मात्र होइन तिमीलाई गीत गाएका थिए ।  उनले प्रेमध्वजकै अगाडी गीत गाउनु पाउँदा आफुलाई भाग्यमानी रहेको बताए । यता गीत सुनिसकेपछि प्रेमध्वजले पनि गायक उदेशको  मुक्तकण्ठले प्रसंसा गरे । 

 यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरै  लगायतका गीतसंगीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका  गायक  उदेशले यसै गीत मार्फत मोडलिङ सुरु गरेका हुन् । गीतमा उनलाई ,माङ्गसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ् दिएकी छिन् ।  गीतको म्युजिक भिडियो छेवाङ्ग लामाको निर्देशनमा रहेको छ । 

 गीत सार्वजनिक कार्यक्रममा उपस्थित राजेश्वर ज्ञवालीले पनि उदेशको प्रसंसा गरे ।   नेपाली गीतसंगीत र साहित्यसंग नजिक रहेका ज्ञवालीले गीतसंगीत मार्फत महानगरले पुर्याउन सक्ने टेवाका निमित सदैव तयार रहेको प्रतिक्रिया पनि विशेष अतिथी ज्ञवालीले प्रतिबद्धता पोखे ।  भिडियो सार्वजनिक कार्यक्रममा उदेशको परिवारको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेमध्वज, विशिष्ट अतिथि राजेश्वर, जेम्स , राहुल लगायतलाई मायाको चिनोको रुपमा नेपाली टोपीसंगै सारंगी प्रदान गरिएको थियो ।  गायक  उदेशले गीत सार्वजनिक कार्यक्रममा आफुले पाएको प्रतिक्रियाले  उत्साहित भएको बताए । उनले अब आफ्ना गीतसंगीत मार्फत निरन्तर रुपमा दर्शक तथा श्रोतासंग साक्षात्कार गर्ने बताए । 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेमध्वज , विशिष्ट अतिथि राजेश्वर , जेम्स प्रधान  लगायतलाई मायाको चिनोको रुपमा नेपाली टोपीसंगै सारंगी प्रदान गरिएको थियो भने गीत सार्वजनिक कार्यक्रममा आफुले पाएको प्रतिक्रियाले उदेश उत्साहित थिए । उनले अब आफ्ना गीतसंगीत मार्फत निरन्तर रुपमा दर्शक तथा श्रोतासंग साक्षात्कार गर्ने बताए । मैले पाएको मायालाई म घट्न दिने छैन ।

Categorized in साहित्य-कला