STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उदियमान गायिका मिनर्वाको बुद्ध दर्शनमा आधारित म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ९, मंगलबार

नेपालभाषाको गीत संगीत क्षेत्रका वरिष्ठ गीतकार संघरत्न शाक्यको रचना र मिनर्वादेवी शाक्य बज्राचार्यको स्वरमा सजिएको बुद्ध दर्शनमा आधारित गीत मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

“जीवन अनमोल खः थ्व जीवन”( जीवन अनमोल यो जीवन ) बोलको सो गीतमा विरेन शाक्यको संगीत तथा संगीत संयोजन रहेको छ ।

रवि साय्मिको निर्देशन तथा सम्पादनमा तयार भएको म्यूजिक भिडियोमा भवानी शिलाकारको छायांकन, रुपा मानन्धरको श्रृंगार रहेको छ ।

म्यूूजिक भिडियोमा गीतकार शाक्यका साथै, सुशिल राजोपाध्याय, आशाकाजी थकु, सरस्वती मानन्धर, शोभा महर्जन, नेरिसा महर्जन, केशनी शाक्य श्रेष्ठ, लुनिभा मानन्धर, मन्दिरा मानन्धर, रिया महर्जन र रमन महर्जनको अभिनय रहेको छ । म्यूजिक भिडियो निर्माण तथा निर्माण तथा व्यवस्थापन रजय बज्राचार्यको रहेको छ ।

बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा अतिथीहरु  जनगायक भृगुराम श्रेष्ठ, नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्दशक विजयरत्न असंबरे लगायत गीतसंग सम्बन्धित व्यक्तित्वहरु निर्देेशक सायमि , गीतकार शाक्य,गायिका मिनर्वा ले गीतसंगीत र म्युजिक भिडियो बारे  मन्तव्य राखेका थिए ।

सन्चारकर्मि अनुप शाक्यले संचालन गरेको कार्यक्रमको सभापतित्व रविन्द्रमान शाक्यले गरेका जिए मने कार्यक्रममा नरेन मान महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

Categorized in साहित्य-कला