उदयपुरका थप एकजनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २८, आइतबार
काठमाडौं – उदयपुरका थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी २५ मध्येकी ४३ वर्षीया महिलामा शनिबार साँझ संक्रमण पुष्टि भएको हो ।
शनिबार बिहानमात्र ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित संक्रमित हुनसक्ने भन्दै पहिले छुटेका, राहत वितरण गर्दा खटेका तथा स्थानीय खाद्यान्न व्यापारी र सामाजिक क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
Categorized in राष्ट्रिय