relans
ni new 83
nib 2082 5

इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी, एमालेले विजयी सभा गर्दै

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं— इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले सोमबार विजय सभा गर्ने भएको छ। 

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ। 

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए। 

नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए। 

मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाए। 

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। २०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। 

निर्वाचन आयोगले यी दुई स्थानमा शनिबार उपनिर्वाचन गराएको हो। इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।  

बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भए। 

Categorized in राजनीति
ppp 2