STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इलाम-२ मा घण्टीको जमानत जफत, राप्रपा नेपालको ४३ मत

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं- इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रथेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्। त्यसैगरी रास्वपा मिलन लिम्बूले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ। 

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ।लिम्बूको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन्। यस क्षेत्रमा लिम्बूसमेत १६ उम्मेदवारको जमानत जफत भएको छ। 

इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन्। कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदवारले सय भन्दा कम मत प्राप्त गरेका छन्।  

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।  

राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन्। 

इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो। 

अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन्।

उनले भनेका छन्,  'इलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन। थोरै भोट आउनु स्वभाविक हो। वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आह्वान गर्दछु।' 

Categorized in राजनीति