STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १४, बुधबार

काठमाडौँ - इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ । 

भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावरण सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । 

विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएकाे छैन ।

Categorized in अन्तर्राष्ट्रिय