STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित २४२ यात्रुको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ३०, शुक्रबार

काठमाडौं - भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ ।

बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए ।

दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

उनका अनुसार घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ । दुर्घटनास्थलमा अहिलेसम्म  १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे ९भारतीय समय० रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।

विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो ।

दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे बाट टेकअफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोक्कियो ।

विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय