STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

Janjati Khabar – Janjati Khabar | २०८० माघ २२, सोमबार

काठमाडौं- भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमनेशन गरिएको हो । 

झापा हल्दीबारीकी मेनुका दृष्टिविहीन हुन् । तर उनको गायिकी भने प्रशंसनीय छ । उनको गायिकीले इन्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेस्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।

उनी आज घर फर्किदै छिन् । मुम्बईबाट बिहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनेछन् । उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उनका प्रशंसकहरू बागडोगरा विमानस्थल पुगेका छन् । 

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृह पालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालय सहित सङ्घसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।  

Categorized in साहित्य-कला