STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इथियाेपियाकाे झडपमा सय बढी नागरिक मारिए

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २५, बुधबार

काठमाडौं - इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो ।

गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेको दाबी गरे । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको भूमिमा भएको हो ।

इथियोपियाको टिग्रेमा पनि केही समयअघिदेखि सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार पनि उक्त द्वन्द्वको क्रममा २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । यद्यपि यो संख्या एक सयभित्रैको संख्या हो वा थप मानिसहरु मारिएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अफार प्रान्तका अहमद कालोयटले एएपपीसँगको कुराकानीमा सोमालीको विशेष प्रहरी र लडाकुहरुले हरुकामा खानतलासी गर्दै स्थानीयहरुमाथि अन्धाधुन्ध गोली चलाएको बताएका छन् । यो क्रममा अफारका ३० जनाको मृत्यु भएको थियो भने कम्तीमा ५० भन्दा धेरै घाइते भएका थिए ।

इथियोपियाका दुवै प्रान्तले आफूले पहिला आक्रमण गरेको अस्वीकार गर्दै एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय