STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इटली युरोकप २०२० विजेता, इङल्यान्ड ट्राइबेकरमा पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २८, सोमबार

युईएफ युरोकप २०२० काे उपाधि इटलीले उचालेकाे छ ।

लन्डनको वेम्बलीमा आइतबार मध्यरात सम्पन्न खेलमा घरेलु टिम इङल्यान्डलाई ट्राइबेकरमा ३-२ ले पराजित गरी इटलीले उपाधि उचालेकाे हाे ।

खेल सुरू भएकाे २ मिनेटमै शकाे गोलमा अग्रता लिए पनि इङल्यान्डले अग्रता जाेगाउन सकेन । ६७ अौं मिनेटमा बाेनुचीले इटलीकाे लागि बराबरी गाेल फर्काएकाे थियाे । अतिरिक्त समयमा पनि गाेल हुन नसकेपछि पेनाल्टी शुटआउटमा खेल पुगेकाे थियाे ।

पेनाल्टी शुटआउटमा इङल्यान्डया वैकल्पिक युवा।खेलाडीहरूले गोल गर्न असमर्थ भएपछि इटलीले ३-२ गाेल अन्तरमा नतिजा आफ्नाे बनाएकाे थियाे ।

याेसँगै ५४ वर्षपछि प्रमुख उपाधि जित्ने इङल्यान्डकाे सपना पनि चकनाचुर भएकाे छ ।

Categorized in खेलकुद