STC 810x100 adv
janswastha 11 11 78

आले र झाँक्रीले मन्त्री पद नछोड्ने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ९, बिहिबार

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् ।

हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका हुन् ।

स्रोतका अनुसार शुक्रबार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए । त्यसपछि उनले पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति दिएका थिए । त्यसका खासगरी मन्त्री आले र झाँक्रीले असहमति जनाएको बुझिएको छ ।

सरकारबाट फिर्ता आउन अध्यक्ष नेपालले दिएको निर्देशनपछि झाँक्रीले आफूहरु हट्नु पर्ने कुनै कारण नभएको प्रतिकृया दिएकी थिइन् । उनले राम्रै काम गरिरहेका गरिरहेको दावी गर्दै आफू सक्षम मन्त्री भएको र हट्नुपर्ने कारण नभएको बताएकी थिइन् । उनले नेपाललाई मन्त्रीबाट हटाए आफ्नो लागि अध्यक्ष मरेतुल्य बराबर हुने बताएको जनाइएको छ ।

त्यस्तैगरी पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने साथै एकजना महिला पनि मन्त्रीमा सिफारिस गरिनुपर्ने अडान राखेका छन् ।

मन्त्रीका लगि प्रस्ताव राखेका बुडा मन्त्री आले निकटकै सांसद हुन् ।

Categorized in राजनीति
Newa Online Adv