STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आर्थिक–सामाजिक रूपान्तरणका लागि एमालेले राख्यो १३ बुँदे प्राथमिकता

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ९, आइतबार

काठमाडौँ- नेकपा एमालेले जनचाहाना अनुरूप समाजवादउन्मूख आर्थिक–सामाजिक रूपान्तरणका लागि १३ बुँदे प्राथमिकता निर्धारण गरेको छ । एमालेले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहितका ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने संकल्प गर्दै त्यसका लागि १३ बूँदे नीतिगत प्राथमिकता निर्धारण गरेको हो ।

शनिबारबाट सुरु भएको सो पार्टीको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिनुपर्ने पहिलो प्राथमिकतामा राखेको छ ।

त्यसैगरी वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न गठित आयोगहरूका सुझावलाई  क्रमशः कार्यान्वयनमा लैजानुपर्ने र सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्नुपर्ने पनि बताएको छ । 

सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवद्र्धन गर्न व्यावसायिक वातावरण निर्माण, असान्दर्भिक नीति तथा कानुनमा परिमार्जनमा पनि एमालेले जोड दिएको छ ।

सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्दै राज्यका निकायबिच अन्तर–समन्वय कायम, सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’को रूपमा व्याप्त भावनालाई बदल्न सक्नुपर्ने, प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जबाफदेहिता सुनिश्चित गर्ने, राज्यप्रतिको भरोसा जगाउने र स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन एमालेले आफ्नो नीति रहेको जनाएको छ ।

विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर वर्षौसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने, विद्युत उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, औद्योगीकरणमा टेवा पुर्‍याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने, रोजगारीका अवसर सिर्जना गर्ने,भूमिमा किसानहरूको सहज पहुँच उपलब्ध गराउन भूमिको वैज्ञानिक व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशिता र समानता प्रत्याभूत गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने पनि एमालेको प्राथमिकतामा रहेका छन् ।

त्यसैगरी नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दुमा राख्ने एमालेको १३ बुँदे प्राथमिकतामा रहेको छ ।

Categorized in राजनीति