STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आफ्नै म्युजिक भिडियोमा भिक्षुको अभिनय गर्दै एरोन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र १८, बुधबार

आमाको गुणगान गरिएको नेपालभाषाको एउटा बालगीतको म्युजिक भिडियोको शुटिङ यही चैत १७ गतेबाट सुरु भएको छ ।

कीर्तिपुरका बालप्रतिभा गायक एरोन महर्जनले गाएको तथा भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध ‘मां’ शीर्षकको सो गीतको म्युजिक भिडियाको शुटिङ सुरु भएको हो ।

संगीत सर्जक रामशरण नेपालीका नाति, सारंगी एवं भ्वाइलिनवाद श्याम नेपालीका छोरा प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतमा कुटुम्ब ब्याण्डले वाद्ययन्त्र बजाएका छन् ।

शुटिङ चैत २१ गते सकाउने योजना रहेको संगीतकार महर्जनले जनाएको छ । २०७८ नववर्षको अवसरमा म्युजिक भिडियो सार्वजनिक गर्ने योजना रहेको पनि महर्जनले जनाएको छ ।

योवन शाक्यको निर्देशन एवं सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन रक्की महर्जलने गर्दैछ ।

म्युजिक भिडियोमा एरोनकै मुख्य अभिनय पनि रहेको छ । एरोनले यसमा भिक्षुको अभिनय गरेका छन् । भिडियोमा अर्का बालकलाकार सरिता बज्राचार्यलगायत मोडल किपा श्रेष्ठ र तीन वर्षीया कलाकार समीक्षा वज्राचार्यको पनि अभिनय रहेको छ ।

Categorized in साहित्य-कला